नक्सा विपरीत निर्माण रोक्न हरेक घरमा इन्जिनियर



काठमाडौं, वैशाख ९

नक्सा विपरीत हुने निर्माण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्न थालेको छ । भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्सानुरुप निर्माण नगर्ने पाएपछि महानगरले आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन थालेको राम थापाले जानकारी दिए ।

अहिले कामपामा नक्सा पास विपरीत निर्माण र तला थप्नेजस्ता काम भइरहेकाले सो कार्य रोक्ने उद्देश्यसहित अभियान सुरु गरेको थापाको भनाइ छ । यसअघि महानगरले नक्सा पास गर्ने र निर्माण सम्पन्न गरेपछि मात्र उक्त स्थानको निरीक्षण गर्ने गरेको थियो ।

अब निर्माण सुरु भएपछि सम्पन्न नहुँदासम्म नक्सानुरुप निर्माण गराउनका लागि महानगरका इन्जिनियर निरन्तर लागिपर्ने छन् । यसरी निर्माणका समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोकिने तथा अन्य कारबाहीको प्रक्रिया अघि बढाइने छ ।

काठमाडौँ उपत्यकामा हाल ८० प्रतिशत घर नक्सा विपरीत रहेको अनुमान कामपाको छ । कामपामा सरदर दैनिक १० घर बन्ने गरेका छन् । यसअघि बनाइएका घरहरु नक्सा पासअनुसार नहुने, खाली ठाउँ नराखिने, कम तलामा नक्सा पास गरेर पछि तला थप्नेजस्ता मापदण्ड विपरीतका बढी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News