‘वातावरणीय र जलवायु शिक्षा’ नारासहित पृथ्वी दिवस मनाईंदै



काठमाडौं, बैशाख ९
आज विश्वभर पृथ्वी दिवस मनाइँदैछ । यस अवसरमा वातावरणीय र जलवायु शिक्षामा जोड दिइएको छ । पृथ्वीको संरक्षण र वातावरण जोगाउन जोड दिँदै हरेक अप्रिल २२ मा पृथ्वी दिवस मनाउने गरिन्छ । यस वर्षको सन्देश ‘वातावरणीय र जलवायु शिक्षा’ तय गरिएको छ ।

सन् २००९ मा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको हो । राष्ट्रसंघले शिक्षा नै प्रगतिको जग भएको र विश्वका नागरिकलाई जलवायु परिवर्तन र यसले पृथ्वीमा निम्त्याउन सक्ने खतराबारे शिक्षित बनाउनु जरुरी रहेको जनाएको छ ।

वातावरणीय र जलवायु शिक्षा, नीति निर्माणका लागि इन्जिन मात्र नभइ हरित प्रविधि तथा रोजगारी श्रृजनालाई गति दिन पनि आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ ।

नेपालमा पछिल्लो समय अव्यवस्थित शहरीकरण, खोलाजन्य वस्तुको उत्खनन, वनविनास तथा वातावरणमैत्री दीगो विकास निर्माणका काम नहुँदा वातावरणमा ह्रास आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News