अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल नेदरल्याण्डसँग पराजित


 


काठमाडौं, असार १७

दोस्रो ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा नेदरल्याण्डले नेपालमाथि १ सय ३ रनको फराकिलो जित निकालेको हो ।

नेरदल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्या पछ्याएको नेपालले १७ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाउँदै मात्रै ६९ रन बनाउन सक्यो । नेपालका सरद भेषवाकरले १८, सोमपाल कामीले १४ तथा ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुवास खकुरेलले ६, अविनाश कर्णले ४ तथा विनोट भण्डारी, कप्तान पारस खड्का, बसन्त रेग्मी र करण केसीले दुई दुई रन मात्र जोड्न सके । राजेश पुलामी मगर र प्रदीप ऐरीले रनको खातानै खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्डका माइकल रिप्पोनले तीन तथा थिज भान साल्भेन र पल भान मिकेरेनले समान दुई दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा मात्रै ४ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । नेदरल्याण्डका माइकल स्वर्टले नटआउट ७६ तथा बेन कुपरले ६६ रन बनाए ।

नेपालका सोमपाल कामीले दुई तथा करण केसी र अविनाश कर्णले एक एक विकेट लिए । मंगलबार भएको पहिलो खेलमा पनि नेपाल १८ रनले पराजित भएको थियो । नेपालले नेदरल्याण्डसँग चार वटा ट्वेन्टी–ट्वेन्टी खेल खेल्नेछ । तेस्रो खेल बिहीबार हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ ।

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्