एमालेको चुनावी गीतमा ओलीले गरे मोडलिङ (भिडियो)


 


काठमाडौं, बैशाख २६

स्थानीय चुनावको मिति आइपुग्न एक साता बाँकी हुँदा एमालेको पक्षमा भोट माग्दै नयाँ चुनावी गीत युट्युवमा आएको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित वरिष्ठ नेताहरुले समेत मोडलिङ गरेको गीतमा एटम बिद्रोही र टीका प्रसाईंले स्वर दिएका छन् ।

डम्बर ढकालको संगीत र एटम बिद्रोहीको लेखन रहेको सो चुनावी गीतको बोल ‘गाउँ सहर टोलटोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ, उठौं जागौं लागौं न साथी हो एमाले नै जनताको पार्टी हो’ रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायतले गीतमा मोडलिङ गरेका छन् । लोकलयमा आधारित गीत सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्