‘लाहुरे माया‘’ले पुरा गर्दै सबुको सपना (भिडियो सहित)


 


सानै उमेरदेखी गीत सङ्गीत मन पराउने सबु चाम्लिङ राईको सपना ‘लाहुरे माया‘’ले पूरा गर्ने भएको छ । । उनले दर्शक स्रोतामाझ लाहुेर माया एल्वम लिएर आउन लागेपछि उनको सपना पुरा हुने भएको हो ।

बाबा राजबिक्रम राई आमा मन कुमारी राईको कोखबाट खोटाङमा जन्मिएकी काठमाडौंलाई कर्म थलो बनाउँदै गीत सङ्गीतमा होमिएकी छन् ।

‘लाहुरे माया..’को शब्द सङ्गीत गायिका सबु स्वयमको रहेको छ । एल्बममा जम्मा ६ वटा गीत रहेका छन् । ‘पारिवारिक जमघट लाहुरे भएकोले सबै गीतहरु लाहुरे कै जीवनमा आधारित रहेका छन्’ उनले भनिन् ।

एल्वममा रहेका सबै गीतको भिडियो बनाउँने तयारीमा पनि रहेको उनले जानकारी गराइन् ।

खोटाङ्गको दिक्तेल बजारमा रहेको ‘रुपाकोट सामुदायिक रेडियो’मा ३ बर्ष र मेघा टेलिभिजन काठमाडौमा समेत काम गरिसकेकी उनको अर्को परिचय सञ्चारकर्मी पनि हो । पछिल्लो समय भने उनी गीत सङ्गीसँगसँगै डिजाइनमा ब्यस्त रहेकी छन् ।

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्