फेसबुकमा भिडियो हाल्दा पैसा पाइने


 


असार १८
फेसबुकमा भिडियो हाल्न रुचाउनेहरुको लागि फेसबुकले खुशीको खबर लयाएको छ। फेसबुकमा आफ्नो मौलिक भिडियो राखेवापत फेसबुकले पैसा दिने भएको छ। फेसबुकको नयाँ सजेस्टेड भिडियो फिचरबाट यो सम्भव हुने भएको हो। यो कुरा बिबिसिको हिन्दी संस्करणकाे वेबपेजमा उल्लेख गरिएको छ।
यो फिचरबाट थुप्रै प्रयोगकर्ताका भिडियो क्लिपस् र विज्ञापनहरुलाई मिलेर स्वतः रुपमा एउटा भिडियो तयार हुन्छ र यो भिडियोलाई जति धेरै मानिसहरुले हेर्छन् त्यति नै बढी कमाई हुने बताइएको छ। भिडियोमा भएका विज्ञापनहरुबाट हुने कमाईको ४५ प्रतिशत हिस्सा भने फेसबुकको हुने बताइएको छ।

फेसबुकका अनुसार फेसबुकको वेबसाइटमा दैनिक ४ अर्ब पटक भिडियो हेरिन्छ। विशेषज्ञहरुले फेसबुक भिडियोको दुनियाँमा आक्रमक तरिकाले अघि बढिरहेको पनि बताएका छन्। भिडियोको बदलामा पैसा दिने यो सुविधाले अरु निर्माताहरुलाई पनि आफ्नो कन्टेन्ट फेसबुकमा अपलोड गर्ने बढावा मिल्ने आशा गरिएको छ।
यूट्यूब भिडियो गर्नेहरुलाई त्यसमा देखाइएका विज्ञापनबाट हुने कमाईको ५५ प्रतिशत हिस्सा दिइने बताइएको छ। यही ५५ प्रतिशत हिस्सालाई फेसबुकले प्रयोगकर्ताहरु माझ बाँड्नेछ।
यूट्यूबले आफ्ना प्रयोगकर्ताहरुलाई उनीहरुको भिडियो आफैँ व्यवस्थापन गर्ने सुविधा दिएको छ। तत्कालका लागि केही मिडीया ग्रुप र छानिएका मानिसहरुसँग मिले काम गरिरहेको फेसबुकले बताएको छ।
यूट्यूबको तुलनामा फेसबुकमा भिडियो खोज्न थोरै मुस्किल हुने भएकाले भिडियो बनाउनेका लागि अप्ठ्यारो हुनसक्छ।
setopati.com

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्