कुन कुन सडक अवरुद्ध छन्?



काठमाडौँ।बाढीपहिरोको जोखिमको कारण काठमाडौँको सतुंगल-चित्लाङसहित देशका ३ सडक आज पनि अवरुद्ध छन्। एउटा सडकमा एकतर्फी सवारी चलिरहेका प्रहरीले जनाएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ देउरालीमा सडक मर्मत कार्य जारी रहेकाले सतुंगल(चित्लाङ सडक अहिले बन्द छ। यो सडक एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ।

त्यसैगरी सम्भावित बाढीको जोखिम रहेकाले खुर्कोट-नेपालथोक कटुन्जेबेँसी (बीपी राजमार्ग) भएर चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

उता बाढीको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिकाका ३ ठाउँमा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

भोजपुरमा मध्यपहाडी लोकमार्गमा एकतर्फी मात्रै गाडी चलिरहेका छन्।

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्