विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फर्काइयो
काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकृतले फिर्ता गरेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको प्रस्थान गर्ने अनुमति नदिएका हुन् ।
मंगलबार बिहान उनीहरू विमानस्थल पुगेका थिए । राहदानी ‘वाच लिस्ट’मा रहेको हुनाले उनीहरूलाई फर्काइएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले रातोपाटीलाई बताए ।
राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा अध्यागमन विभागले उनीहरूको राहदानी ‘वाच लिस्ट’मा राखेको थियो । ‘उहाँहरू मेक्सिको जान खोज्नुभएको रहेछ’ निर्देशक ढकालले भने, ‘हामीले अफलोड गरेका छौँ ।’
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार
















