टी–२० मा नेपालको पहिलो जित


 


nepali_cricket_team_Paras_Khadka_CAN_Nepal
काठमाडौँ, असार १९

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका चार शृङ्खलाअन्तर्गत शुक्रबार राति भएको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डस्माथि तीन विकेटको जित दर्ता गरेको छ ।

नेपाललाई विजयी बनाउन कप्तान पारस खड्काले अर्धशतकीय पारी तथा बलर सोमपाल कामीले अन्तिममा चौका प्रहार गरेपछि नेपाल विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा १३९ रनको बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले खेल सकिन दुई बल बाँकी छँदै सात विकेटकै क्षतिमा लक्ष्य भेटाएको हो ।

नेपालका लागि कप्तान खड्काले ४० बल खेल्दै सर्वाधिक ५४ रनको योगदान दिए ।

त्यस्तै,्् उपकप्तान ज्ञानेन्द्र मल्ल १८, विनोद भण्डारी १३ र शरद भेषवाकरले १२ रन बनाएका थिए भने सागर पुन चार, अनिल मण्डल नौ, सोमपाल कामीले आठ, प्रदीप ऐरीले छ र वसन्त रेग्मीले दुई रन जोडे ।

त्यसैगरी बलिङतर्फ सागर पुन तीन, वसन्त रेग्मी दुई र सोमपाल कामीले एक विकेट लिएका थिए । रासस

प्रकाशित मिति: १९ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्