म्यादी प्रहरीको जागिरअवधि २० दिन लम्बिने


 


काठमाडौं जेठ ७
गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै म्यादी प्रहरीको समयावधि २० दिन लम्ब्याउने भएको छ । मन्त्रालयले सुरक्षा योजना अघि सार्दै म्यादी प्रहरीको जागिरअवघि बढाउने भएको हो ।

५५ दिनका लागि भनेर भर्ना गरिएका ७५ हजार म्यादी प्रहरीको जागिर २० दिन थपिँदै छ । अब म्यादी प्रहरीको जागिरअवधि ७५ दिन पुगेको छ ।

यससंगै निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारी सुरु गरिरहेको छ । मन्त्रालयले शनिबार मात्रै गृहका अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छ ।

छलफलमा पहिलोभन्दा दोस्रो चरणको निर्वाचनमा धेरै सुरक्षा चुनौती रहेको निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले दोस्रो चरणको निर्वाचनको योजना बनिसकेको बताए ।

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्