‘एकान्त कुनामा’ कसलाई सम्झेर हराइन् जानकी ? (भिडियोसहित)


 


काठमाडौं, जेठ ९
सांगीतिक क्षेत्रमा पाइला टेक्दै गरेकी जानकी कुँवरले आफ्नो पहिलो लोकपप म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

मोडलिङ्ग तथा हाँस्य क्षेत्रमा समेत सक्रिय रहेकी कुँवरले ‘एकान्त कुनामा’ नामक म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरेकी हुन् ।
म्युजिक भिडियोमा उनले स्वर दिनुका साथै अभिनय समेत गरेकी छन् । उनलाई अभिनयमा रबिलाल पाण्डेले साथ दिएका छन् ।

उद्धव प्याकुरेलको शब्द तथा विक्रम थापाको संगीत रहेको म्युजिक भिडियोलाई शोभित विकले निर्देशन गरेका छन् । जे.आर.सी. मिडियाले निर्माण गरेको म्युजिक भिडियोको वितरक संघर्ष म्युजिक छ ।

म्युजिक भिडियोको छायांकन/सम्पादन जीवन सेन्चुरीले गरेका छन् । कुँवरले यसअघि नववर्षको अवसरमा पनि शुभकामना शन्देश दिने म्युजिक भिडियो बजारमा ल्याएकी थिइन् । उनी मोडलिङ्ग र हाँस्य श्रृंखला ‘लथालिङ्ग’ मा पनि अभिनय गरिरहेकी छन् ।

 

हेर्नुहोस् भिडियो:

 

https://www.youtube.com/watch?v=qa3JgyfcWjQ&feature=share

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्