भिषणको खुसी सार्वजनिक (भिडियो सहित)


 


काठमाडौं, जेठ १०

गायक तथा संगीतकार भिषण मुकारुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ३ बर्ष अघि आएको भिषणको ‘चन्द्रमुखी’ एल्बममा समावेश गरिएको गीत ‘खुसी’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा भिषणकै संगीत र स्वर रहेको छ । जिवन मुकारुङले शव्द रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । राजेश पुमा राईले निर्देशन गरेको म्यूजिक भिडियोमा एलिसा राई, निराजन प्रधान र मन्दीप राईको अभिनय रहेको छ ।

मुकारुङले नेपाली पन बोकेको यो गीतको म्यूजिक भिडियो आफ्नो महत्वकांक्षी योजना भएको बताए ।

भिडियो

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्