चाेरी हुँदा पनि डाटा हेर्न नमिल्ने हार्ड डिस्क अायाे


 


timthumb (1)असार २०
अमेरिकी कम्पनी वेस्टर्न डिजिटल (डब्लु डी) ले आफ्नो दुईवटा हार्ड डिस्क भारतीय बजारमा सार्वजनिक गरेको छ । पासपोर्ट हार्ड ड्राइभ नाम दिइएका यी हार्ड डिस्कहरुको मेमोरी १ र २ टेराबाइट रहेको छ । १ टीबीको मूल्य ४ हजार ७ सय ५० भारतीय रुपैंया र  २ टीबीको मूल्य ७ हजार ५ सय ५० रहेको छ ।
कम्पनीले यी  अल्ट्रा पोर्टेबल हार्ड डिस्क चार विभिन्न रङ्गहरु क्लासिक ब्ल्याक, ब्रिलियन्ट व्हाइट, वाइल्ड बेरी र नोवल ब्लुमा ल्याएको छ। यसको सुरक्षाका लागि प्लास्टिक बिल्ड २५६ बिट एइएस हार्डवेयर एन्क्रिप्सनको प्रयोग गरिएको छ ।
यसका सथै युर्जस फाइल, फोल्डर फोटो, भिडियो, म्युजिकलाई पनि एन्क्रिप्सन सुरक्षा दिइएको छ ।
हार्ड डिस्क हरायो अथवा चोरी भए पनि त्यसमा भएको डाटा कसैले हेर्न नसक्ने सुविधा यसमा रहेको छ।  छिटो डाटा सार्नका लागि युएसबि ३.० दिइएको छ ।
कम्पनीका अनुसार यो हार्ड ड्राइभ ५ जीबीे प्रति सेकेन्डको स्पिडले डाटा सार्न मिल्छ । यसका साथै ड्राइभमा युएसबि २.० दिइएको छ । हार्ड ड्राइभमा तीन वर्षको वारन्टी दिइएको छ ।
सेतोपाटीबाट

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्