यी हुन् संसारका ५ फास्ट कार


 


संसारमा तिव्र गतिमा दौडने कारहरु कुन हुन् भन्ने जान्ने इच्छा धेरैलाई हुनसक्छ। अटो एक्सप्रेस डट कमका आधारमा संसारका तिव्र गतिमा कुद्ने कारहरुको बारेमा तल उल्लेख गरिएको छ।
 १. हेनेसी भेनम जीटीःयो संसारको सबैभन्दा द्रुत गतिमा सडकमा कुद्ने कार हो। यसको गति सन् २०१४ मा २७०.४९ माइल प्रतिघण्टा कायम भएको थियो।
२. बुगाटी भेरन सुपर स्पोर्टः यसको गति सन् २०१० मा २६९.८६ माइल प्रतिघण्टा कायम भएको थियो।
३.म्याकल्यारेन एफ १ः यसको गति सन् १९९३ मा २४० माइल प्रतिघण्टा कायम भएको थियो।
४.ल्याम्बोरगीनी मियूराः सन् १९६६ मा यो कार सार्वजनिक  भएको बेला यसको गति १७० माइल प्रतिघण्टा कायम भएको थियो।
 ५. मर्सिडिज बेन्ज डब्ल्यू१२५ रेकोडवागेनः यसको गति सन् १९३८ मा २६८ माइल प्रतिघण्टा कायम भएको थियो।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्