Deshko News
१६ आश्विन २०८०, मंगलबार

‘सरकारबाटै आचारसंहिता उल्लङ्घन’



नगरकोट, जेठ १८

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लबमा आजआयोजित साक्षात्कार कार्यक्रममा उहाँले चुनावकै प्रक्रियामा सरकार फेरबदल हुनु संसारको कहीँ नभएको चलन हो भन्नुभयो ।

राजपालाई चुनावमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटीको खेल जस्तै भएको उहाँको भनाइ छ । नेता बिजुक्छेले नयाँ बन्ने बहुमतीय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्त भने राख्ने बताउनुभयो ।

यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अवस्थामा प्रतिपक्षमै बसेर भए पनि सरकारलाई सहयोग गर्न सकिनेतर्फ उहाँले सङ्केत गर्नुभयो । रासस

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News