Deshko News
१६ आश्विन २०८०, मंगलबार

संसदको दोस्रो बैठक सुरु, देउवा प्रधानमन्त्री चुनिँदै (लाइभ भिडियो )



काठमाण्डौं, जेठ २३
नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको दोस्रो बैठक सुरु भएको छ ।

दोस्रो बैठकबाट नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चुनिने छन् । उनी प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् । उनको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।

देउवाको समर्थनमा उनी सभापति रहेको कांग्रेसबाट २०६, माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । यस्तै राष्ट्रिय जनता पार्टी नेपालका २४ सांसद छन् ।

तीन सांसद भएको नेकपा संयुक्त, एक–एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको समर्थक छन् ।
प्रधानमन्त्रीमा निर्वाचित हुन कुल सदस्य संख्या ५९३ बाट बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ ।

 

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News