Deshko News
१६ आश्विन २०८०, मंगलबार

स्थानीय तह पदाधिकारीका लागि बन्यो आचारसंहिता



काठमाडौं, असार ३
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका निर्वा्चित जनप्रतिनिधिका लागि नमूना आचारसंहिता तयार पारेको छ । मन्त्रालयले आफूले तयार पारेको आचारसंहिता प्रयोगमा ल्याउन सबै गाउँपालिका र नगरपालिकालाई परिपत्रसमेत गरेको राजधानी दैनिकमा खबर छ ।

स्थानीय तहको कानून बनाउन सहयोग गर्ने उद्देश्यले स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधिका लागि नमूना आचारसंहिता तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । ‘हामीले तयार पारेको आचारसंहिता सम्बन्धित स्थानीय तहले निर्णय गरेर कार्यान्वयन गर्न सक्छन्,’ मन्त्रालयका सहसचिवसमेत रहेका तामाङले भने, ‘स्थानीय तहको निर्वाचनपछि आउने जनपूतिनिधिलाई सहजीकरण गर्ने उद्देश्यले नै मन्त्रालयले आचारसंहिता तयार पारिदिएको हो ।’

मन्त्रालयले हाल जनप्रतिनिधिहरुको आचारसंहिता नबनाइदिएको भए निर्वा्चित जनप्रतिनिधि आफैंले आफ्नो आचारसंहिता बनाउनै पर्ने तामाङको कथन छ ।

प्रकाशित मिति: ३ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News