Deshko News
१६ आश्विन २०८०, मंगलबार

टीकापुर घटनाका हत्या आरोपीलाई राज्यले दियो क्षतिपूर्ति



काठमाडौं, असार ३ 

थरुहट आन्दोलनका क्रममा कैलालीको टिकापुरमा एक डेढ वर्षीय बालक र बरिष्ठ प्रहरी उपरीक्षकसहित ९ जनाको ज्यान जारे गरी भएको घटनाका आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम बाँडेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भन्दै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो ।
सोही घटनाको पीडितका नाममा सांसद जनक चौधरीले ५० लाखद १२ हजार आठ सय रुपैयाँ पाएका छन् ।

मन्त्रीपरिषदले विशेष निर्णय गरेर रेशमलाई राहत दिएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । सरकारले हत्या आरोपीलाई क्षतिपूर्ति दिएकोमा स्थानीयले भने विरोध जनाका छन् ।

प्रकाशित मिति: ३ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News