पलेँटी कसेर खाना खानुस्, यस्ता छन् फाइदै-फाइदा


 


नेपाली समाजमा कतिपय त्यस्ता प्रचलन छन्, जो रुढिवादी लाग्छन् । तर, तिनको वैज्ञानिक महत्त्व पनि उत्तिकै हुन्छ । तर, आधुनिक जीवनशैलीप्रतिको मोहका कारण त्यस्ता कतिपय वैज्ञानिक तौरतरिका छोडिँदै छ । त्यस्तैमध्ये एउटा हो, पलेँटी कसेर खाना खाने प्रचलन ।

सहरीकरणको विकास र विदेशी संस्कृतिको प्रभावका कारण अहिले पलेँटी कसेर खाने प्रचलन घट्दै गएको छ । डाइनिङ टेबलमा बसेर खाना खानु सानको विषय बन्न थालेको छ । सहरी क्षेत्रमा यसको प्रभाव धेरै छ ।

तर, स्वास्थ्यविज्ञहरूका अनुसार टेबलमा बसेर खानुभन्दा पलेँटी कसेर खानु धेरै नै फाइदाजनक छ । उनीहरूका अनुसार जमिनमा पलेँटी कसेर बस्दा हामीले योगासनको प्रयोग गरिरहेका हुन्छौ ।

जुन आसनलाई योगविज्ञानमा सुखासन भनिन्छ । सुखासन पद्मासनको एउटा रूप हो । सुखासनमा बस्दा, पद्मासनमा बस्दाझैँ फाइदा हुने योगगुरुहरू बताउँछन् ।

  • पलेँटी कसेर खाँदा हाम्रो शरीर अघि र पछि गरिरहन्छ । त्यसैले पेटको व्यायाम हुन्छ । त्यसले पाचनशक्ति पनि बढाउँछ ।
  • सुखासनमा बस्दा मनमा एकाग्रता पैदा हुन्छ । यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । रक्तसञ्चार सन्तुलित बनाई मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
  • यो आसनमा बस्दा मानसिक तनावबाट मुक्त हुन सघाउने मात्र होइन, छाती र खुट्टालाई समेत बलियो बनाउँछ ।
  • पलेँटी मारेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा पेटसम्बन्धी अन्य समस्यालाई कम गर्न मद्दत गर्छ ।

प्रकाशित मिति: २४ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्