यी हुन् विश्वका १० ‘मोस्ट वान्टेड साइवर ह्याकर’


 


हालै मात्र अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबिआई) ले मोस्ट वान्टेड अपराधीको सूची तयार पारेको छ ।

यो मोस्ट वान्टेडको सूचीमा आतंकवादी, हत्यारा, बलात्कारी नभई ह्याकरहरु परेका छन् । यी साइबर अपराधीले इन्टरनेट मार्फत विश्वभर आतंक फैलाएका छन् ।

यी अपराधीले आतंक मात्रै फैलाएका छैनन् माउसको एक क्लीकबाट अर्बाै रुपैयाँको घोटाला पनि गर्न सक्छन् । साथै इन्टरनेट प्रयोगकर्ताको गोप्य सूचना र तथ्यांक समेत एक क्लीकमा तान्न सक्छन् ।

१ निकोल पोपेस्कु

फेक अनलाइन लिलामी गरेर अर्बाै रुपैयाँ कमाउन सकिन्छ भनेर उनीअघि सायद कसैले सोचेका पनि थिएनन् । उनले फेक अनलाइन लिलामीबाट अर्बाे रुपैयाँ ठगेका छन् ।

उनलाई अमेरिकी सुरक्षाले अहिले सम्म पक्रन सकेको छैन । यी ह्याकरको बारेमा कुनै पनि नयाँ जानकारी दिनेलाई अमेरिकी प्रहरीले एक मिलियन अमेरिकी डलरको इनाम घोषणा गरेको छ ।

२ इभगेनी बोगाचेभ

एफबिआईको सूचीमा सबैभन्दा माथि यी ह्याकरको नाम रहेको छ ।  यीनलाई मानिसहरुले  ‘लकी वान टु थ्री फो फाइभ स्लयाभिकको नामबाट चिन्ने गर्दछन् ।

यी ह्याकरलाई १ सय मिलियन डलर चोरीको आरोप लागेको छ । साथै यी अपराधीलाई अवैध तरिकाले कयौं बैंकबाट पैसा ट्रान्सफर गरेको समेत आरोप लागेको छ ।

३ एलेक्से बेलान

२७ वर्षका  यी ह्याकर रसियन हुन । उनीमाथि २०१२ र २०१३ मा क्यालिफोर्निया र नेवेदाको तीन वटा इ कसर्म वेबसाइट ह्याक गरेको आरोप लागेको छ । साथै ह्याक पश्चात फेक आइडेन्टिटी बनाएर डाटा चोरी गरेकमो आरोप समेत लागेको छ ।

४ पिटेरिस साहरुभ्स

सन् २०१० मा इन्टरनेसनल साइबर क्राइमको आरोपमा उनको नाम मोस्ट वान्टेड ह्याकरमा समावेश भएको हो । यी ह्याकरलाई विश्वभर स्योगड र पियोट्रेक्सको नामले चिनिने गरिन्छ ।

यिनले इन्टरनेटका प्रयोगकर्ताबाट अर्बाै रुपैयाँ उठाएका छन् । फेक प्रोफाइल बनाएर विभिन्न विज्ञापन कम्पनीको सेल्सम्यान बताउँदै ठूलो रकम ठगी गर्र्ने गरेका छन् ।

५ कार्लाेस इनरीक

अल सल्वाडोरका कार्लाेस इनरीकमाथि सन् २००३ मा वेबसाइट चोरी गर्ने र फ्रड वेबसाइट निर्माण गर्ने गरेको आरोप लागेको छ । लभर स्पाई नामक सफ्टवेयरको मद्दतले उनले कयौं डाटा चोरेका थिए ।

उनले बनाएको वेबसाइटले धोका दिने लभर्सलाई पक्रने दावा गरिन्थ्यो। यो वेबसाइट मार्फत उनले कयौं मानिसलाई मुर्ख बनाउँदै पैसा असुलेका थिए ।

६ फरहान उल आर्सद

यी पाकिस्तानका ह्याकर हुन् । साथै इन्टरनेसनल फ्रडको मास्टर माइन्ड पनि हुन् । पाकिस्तान, फिलिपिन्स, साउदी अरब, स्पेन, अरब र इटलीका कयौं मानिसहरु उनको ह्याकको निशाना बनेका छन् ।

उनलाई टेलिकम्युनिकेसन कम्पनीबाट इन्टरनेट मार्फत ५० मिलियन डलरको ठगी गरेको आरोप लागेको छ । साथै उनले सन् २००८ देखि २०१२ सम्म टेलिकम इन्डस्ट्रिमा व्यवसायी बनेर समेत काम गरेका थिए ।

७ नुर आजी उद्दिन

नुर आजी उद्दिन पनि पाकिस्तानका साइबर अपराधी हुन् । यिनले फरहान उल आर्शदसँग मिलेर कयौं साइबर अपराध गरेका छन् । यिनले पनि टेलिकम इन्डस्ट्रीमा व्यवसायी बनेर काम गरेका थिए ।

८  एन्ड्री ट्यामी

एन्ड्री ट्यामी रसियन ह्याकर हुन् । यिनीमाथि सन् २००७ देखि २०११ को बीचमा घोस्ट क्लीक अपरेसनमा सामिल भएको आरोप लागेको छ ।

यो अपरेशनमा ४० लाख इन्टरनेट प्रयोगकर्ताको डाटा चोरेको आरोप उनीमाथि छ । उनका कारण अमेरिकी स्पेस एजेन्सी  नासा समेत हैरानीमा परेको थियो । अनलाइन चोरीका साथै उनले १४ मिलियन डलर समेत चोरेको आरोप लागेको छ ।

९ शैलेश कुमार जैन

शैलेश कुमार भारतमा बस्छन् । उनी भारतीय मुलका नागरिक हुन्। शैलेशले सफ्टवेयरको उत्पादन गर्दथे जसलाई १० लाख मानिसहले खरिद समेत गरेका छन् । यिनले विभिन्न म्यासेज पठाउँदै प्रयोगकर्ताको डाटा ह्याक गरेका थिए ।

१० भाइट क्युक निगेन

यी साइबर अपराधी भियतनामका हुन् । यिनीमाथि कयौ मेल सर्भिस प्रोभाइडर्सको सर्भरबाट प्रयोगकर्ताको डाटा चोरेको आरोप लागेको छ । प्रोपर्टी मार्केटका साथै कयौ मानिसहरुको गोप्य जानकारी चोरेको उनीमाथि आरोप छ ।

प्रकाशित मिति: २८ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्