टेलिकमले सयको रिचार्जबाट एक रुपैयाँ कटाउने


 


काठमाडौं, असार ३०

अब मोबाइलमा सय रुपैयाँ रिचार्ज गर्दा एक रुपैयाँ कम ब्यालेन्स आउने भएको छ । त्यो एक रुपैयाँ भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निमाणमा खर्च गर्ने व्यवस्था बजेटले गरेको छ ।

सम्पदा पुनर्निमाणका लागि खडा गरिएको सम्पदा कोषमा रकम जम्मा गर्न सरकारले बजेटमार्फत दूरसञ्चार सेवा दस्तुरमा एक प्रतिशत कर लगाउने निर्णय गरेपछि टेलिकम कल महँगो हुने भएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले यसबाट संकलन हुने रकम सीधै सम्पदा कोषमा जम्मा हुने जानकारी दिए ।ल्यान्डलाइन फोनको शुल्कमा पनि एक प्रतिशत वृद्धि हुनेछ । अर्थ मन्त्रालयका अनुसार यस्तो शुल्कबाट वाषिर्क ६० करोड रुपैयाँ जम्मा हुनेछ भन्दै अाजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति: ३० असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्