‘छक्कापञ्ज २’ को गीत सार्वजनिक, कस्तो छ हेर्नुहोस् (भिडियो)


 


सर्वाधिक चर्चामा रहेको र व्यापार गरेको चलचित्र ‘छक्कापञ्जा’ चलचित्रको सिक्वेल ‘छक्कापञ्ज-२’को गीत सार्वजनिक भएको छ । शुक्रबार बिहान ९ बजे युट्युब च्यानलबाट सार्वजनिक भएको गीत पाँच घन्टामा दुई लाख बढीले हेरिसकेका छन् ।

सार्वजनिक गरिएको ‘ए दाजु नसमाउ नारीमा’ बोलको गीतमा प्रिन्स नेपाली र दिपकराज गिरीको शब्द रहेको छ भने संगीत अल्मोडा राना उप्रेती र प्रिन्स नेपालीले नै दिएका छन् ।

दीपाश्री निरौलाकै निर्देशनमा बनेको फिल्मको लेखन तथा निर्माण गिरीले गरेका हुन् ।

फिल्मको शीर्ष भूमिकामा नायिका प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का रहेका छन् भने नायक जितु नेपाल, शिवहरी पौडेल, ज्योसना लगायतका कलाकारले दमदार प्रस्तुति दिएका छन् । असोज ११ गते फिल्मले प्रदर्शनको मिति तय गरेको छ ।

(भिडियो)

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्