बिपी स्मृति दिवसका अवसरमा फलफूल वितरण



भक्तपुर, साउन ६

जननायक बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा आज नेपाली काँग्रेस भक्तपुरले भक्तपुर अस्पतालमा उपचारार्थ करिब ५० जना बिरामीलाई फलफूल वितरण गरेको छ ।

फलफूल वितरणअघि काँग्रेसले दूधपाटीमा आफ्ना संस्थापक नेताको स्मृतिमा स्मृतिसभा आयोजना गरेको थियो ।

सो सभालाई सम्बोधन गर्दै काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले बिपीले कुनै नेपाली भोकानांगा नहुन्, शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित नहुन् भन्ने परिकल्पना गरेको चर्चा गर्दै बिपीको सोही विचार नै समाजवाद भएको बताउनुभयो ।

उहाँले काँग्रेसले बिपीको समाजवादी सिद्धान्तलाई अंगीकार गरी अघि बढेको र त्यसैको परिणाम आज आम नेपालीको शिक्षा स्वास्थ्यजस्ता आधारभूत सेवामा पहुँच वृद्धि भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News