किन गयौ टाढा गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक (भिडियो सहित)


 


चर्चित गायक राजेश पायल राईको स्वरमा गीतकार संगीता बायुङ राईको एल्बम `सङ्गीतालाप´मा समाबेश भएको `किन गयौ टाढा – टाढा …´ बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

मनोज साङ्सोन राईको सङ्गीत रहेकोे यो गीतको छायांकन दक्षिण कोरियामा गरिएको छ भने कलाकारहरू रोजेन सुन्दास र रीता क्षेत्रीको अभिनय रहेको यो म्युजिक भिडियोमा रोजेन सुन्दासले नै निर्देशन तथा दीपक पौडेलले छायांकन सम्हालेका छन् ।

करीब चार बर्ष अगाडि `फूलजस्तै लाग्थ्यो माया´ एल्बम निकाल्नुभएका गीतकार राईको यो दोश्रो एल्बम `सङ्गीतालाप´को बजार व्यवस्थापन बिन्दबासिनी म्युजिकले गरेको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्