मोबाइलमा सिमकार्डको अन्त्य हुँदै


 


sim-cardएजेन्सी, साउन ३

तपाईं-हामीले मोबाइलमा राख्ने गरेको प्लास्टिकको सिम कार्डलाई विद्युतीय सिमकार्डले विस्थापित गर्ने प्रयासमा ठूला कम्पनीहरु जुटेका छन् । यो प्रयास यदि सफल भयो एक वर्षपछि विद्युतीय सिम कार्ड हाम्रो हातमा परिसक्नेछ ।

फिनान्सियल टाइम्सले जनाए अनुसार यी दुई कम्पनीहरु तिनीहरुका स्मार्टफोनमा विद्युतीय सिम कार्ड प्रयोग सुरु गर्ने विषयमा गहिरो छलफलमा छन् । विद्युतीय सिमकार्डको प्रयोगले प्रयोगकर्तालाई सेवा प्रदायक कम्पनी बदल्न सजिलो हुने छ ।

मोबाइल अपरेटरहरुको प्रतिनिधित्व गर्ने संस्था जिएसएमएले नयाँ सिमकार्डको मापदण्ड लगायतका विषयमा भएका विस्तृत कुराहरु चाँडै घोषणा गरिने छन् । समाचार अनुसार योजना अनुसार काम भए एक वर्ष पछाडी विद्युतीय सिमकार्ड उपभोक्ताको हातमा पुग्ने छ ।

‘प्राविधिक संरचना लगायतका विषयहरुलाई अन्तिम रुप दिएर सन् २०१६ सम्ममा सार्वजनिक गर्ने छौं,’ संस्थाले विज्ञप्ति जारी गर्दै भनेको छ । जिएसएमएकी सिइओ एन्ने बोभेरोटले यस कार्यमा आवश्यक सहयोगका लगि एप्पलसित कुरा गरिरहेको बताइन् ।

‘एप्पल र सामसङले प्रारम्भिक रुपमा सहमति जनाइसकेका छन,’ उनले भनिन्, ‘हामी अन्य कम्पनीहरुसित पनि छलफलमा छौं ।’

प्रकाशित मिति: ३ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्