विराटनगरको पर्यटन : यी हुन् घुम्नै पर्ने १० स्थान (भिडियो सहित)


 


प्रदेश एकको एक्लो महानगर विराटनगरका विभिन्न १० घुम्नुपर्ने स्थानहरु समेटिएको ट्राभल भिडियो निर्माण भएको छ ।

इस्ट नेपाल टुर नामक युट्वुब च्यानलको लागी बनेको उक्त भिडियोमा विराटनगरको वेलकम गेट, विमानस्थल, गोपाल गार्डेन तथा एक्वा पार्क, प्राचिन विराट राजाको दरबार क्षेत्र लगायतका गन्तव्यहरु समेटेको छ ।

भिडियोमा विराटनगरमा रहेको पुर्वकै पहिलो थिएटर गुरुकुल तथा विश्वको दोश्रो ठुलो रथयात्रा गराउने मन्दिर भनेर परिचित राधाकृष्ण मन्दिर पनि गन्तव्यको रुपमा समेटिएको छ ।

विराटनगर नजिकैका एभरेस्ट साइन्स सेन्टर भनिने चन्द्रमाका चट्टान राखिएको तथा चन्द्रमा पुगेका बज एल्ड्रिन सम्मले भ्रमण गरेको शान्ति वन क्षेत्रलाइ विराटनगरको यात्रा प्याकेजमा राखिएको यो भिडियो बनाउने पत्रकारद्धय यात्री शेखर र विराट अनुपमले जानकारी दिएका छन ।

विराटनर नजिकै झोराहाटको नाट्य घर पनि यो भिडियोले घुम्नुपर्ने विराटनगरका दश स्थानमै समेटेको यसका यसका परिकल्पनाकार विराट अनुपम बताँउछन ।

पूर्वको पुरानो र सबैभन्दा ठुलो शहर आँउने स्वदेशी तथा विदेशीहरुलाइ घुम्ने स्थलहरुको जानकारीको उपस्थिती इन्टरनेटमा जनाउन भिडियो निर्माण गरिएको बताइएको छ ।

‘टेन थिंग्स टु डु इन विराटनगर’ र ‘विराटनगर टुरिजम’को नाममा युट्युवमा आइतबार मात्रै हालिएको भिडियोलाइ अंग्रेजी सब टाइटलमा समेत उतारिएको छ ।

भिडियो हेर्नुहोस्

विराटनगरको जानकारी खोज्ने विदेशिहरुलाइ सरसर्ति सामान्य यात्रा विवरण दिनलाइ अंग्रेजी सब टाइटल हालिएको भिडियोमा देखिएका इटहरीका युवा पत्रकार विराट अनुपमले बताए ।

विराटनगरको पर्यटन भिडियो बनाउनु अगाडि पुर्वका दुइटा उपमहानगरपालीकाहरु धरान र इटहरीको पनि यस्तै भिडियोहरु बनेर युट्युवमा राम्रोसँग चलेको भिडियोका निर्देशक पत्रकार यात्री शेखरले बताए ।

प्रकाशित मिति: १८ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्