गोपाल किरातीलाई मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय



खोटाङ, भदौ २०

किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नं प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउन पहल गर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सोमबार काठमाडौँमा सम्पन्न दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी कार्यालयमा सम्पन्न बैठकले किरातीलाई कुनै पनि हालतमा प्रदेश नं १ को मुख्यमन्त्री बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव अर्जुन जम्नेलीले जानकारी दिनुभयो ।

“किरातीलाई मुख्यमन्त्री बनाउन एकबुथ एक फोर्स, एक बुथ एक किरात मोर्चा तयार गरेका छौँ ।” उहाँले भन्नुभयो, “अभियानका लागि प्रदेश, नगर, वडा, गाउँ र टोलसम्म कमिटी निर्माण गर्ने तयारीमा छौँ ।”

सो अवसरमा मोर्चाको प्रदेश नं ३ को भेलासमेत आयोजना गरिएको र बैठकमा अध्यक्ष राजन किराती (वासु), उपाध्यक्ष मानबहादुर राई, महासचिव जम्नेलीलगायतले आगामी चुनावलाई लक्षित गरेर निर्देशनात्मक प्रशिक्षणसमेत दिनुभएको जनाइएको छ । पूर्व संस्कृति तथा पर्यटनमन्त्री भइसक्नुभएका गोपाल किराती हाल नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं १ नं प्रदेशका संयोजक हुनुहुन्छ ।

किरातीलाई यसअघि विराटनगरमा बसेको पार्टीको सचिवालय बैठकले समेत प्रदेश नं १ को मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News