यस्तो आयो दरवार हत्या काण्डको नालीबेलि (भिडियो सहित)


 


कहालीलाग्दो नारायणहिटी दरवार हत्याकाण्ड भएको करिब १६ वर्ष पुरा भएको छ । बिसं २०५८ साल जेठ १९ गते राजदरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बिरेन्द्र शाहको बंश नै नाश हुनेगरि परिवारका सबै सदस्यको हत्या भएको थियो ।

उक्त हत्याकाण्डमा तत्कालिन राजा बिरेन्द्र साथै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको हत्या भएको थियो ।

घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्र बाट भएको ठहर गरेपनि यसलाई आम नेपालीले बिश्वास गर्न सकेका छनैन् ।

हत्याकाण्ड बारे धेरै टिप्पणी र समाचार प्रकाशन र प्रशारण भए पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । एक गन्धर्ब दाईले मनै छुने गरी गाईने भाकामा राज दरबार हत्या कान्डबारे यसरी बेदना पोखेका छन् ।

भिडियो 

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्