पत्याउनु हुन्छ ? उल्टो रुख चढ्ने मान्छे ! (हेर्नुहोस् भिडियो )


 


रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् ।

भारतको हरियाणाका एक युवक उल्टो जिउ बनाएर रुख चढ्न सक्छन् । ३२ वर्षका मुकेश कुमार नामका युवकमा यस्तो अनौठो क्षमता रहेको छ । उनमा सानैदेखि रुख चढ्ने सौख थियो, अझ उल्टो बनेर रुख चढ्ने ।

अहिले उनी सजिलैसँग उल्टो बनेर रुख चढ्न सक्छन् । उनले १३ वर्षको उमेरदेखि उल्टो बनेर रुख चढ्न थालेका रहेछन् । पेसाले निर्माण मजदुर रहेका मुकेश सुरुमा उल्टो रुपमा चढ्दा २३ फुट मात्र चढ्न सक्थे ।

तर, उनले हार नमानी निरन्तर प्रयास गरिरहे । यसो गर्दा कैयौं पटक लडेर उनलाई चोट पनि लाग्यो । अहिले उनी ५० फुट अग्लो रुख ५ मिनेटमै उल्टो बनेर चढिसक्छन् । उनी उल्टो रुपमा रुख चढेर गिनिज बुकमा नाम लेखाउन चाहन्छन् ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=k8pLJqlVX6U

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्