फेसबुकका प्रयोगकर्ता डेढ अर्ब पुगे


 


imagesदैनिक ४६ मिनेट फेसबुकमा

यदि तपाइँलेे आफ्नो मोबाइल हेरिरहनुभएकेा छ भने तपाइँले ठ्याक्कै त्यहीँ बेला मोबाइलमा फेसबुक हेरेको सम्भावना २० प्रतिशत छ ।

फेसबुक यतिधेरै लोकप्रिय बनिरहेको छ की यसले स्मार्टफोन प्रयोगकर्ताको अधिकांस समय रित्याइदिएको छ । स्मार्टफोन प्रयोगकर्ताले स्मार्टफोनमा बिताउने पूरै समय मध्ये २० प्रतिशत समय फेसबुक चलाउनमै बिताउने गरेको अध्ययनले गरेको छ । धेरै मानिसले त आफ्नो मोबाइलमा एक दिनमै दर्जनौँ पटक फेसबुक लगइन गर्ने गरेका छन् ।

अध्ययन अनुसार फेसबुक प्रयोगकर्ताले एक दिनमा औषतमा ४६ मिनेट फेसबुकमै बिताउँछन् । यसमा व्हाट्सएप प्रयोगको समय जोडिएको छैन । फेसबुकमा प्रयोगकर्ताको लगाव यतिधेरै बढेको छ की फेसबुकको लोकप्रियता अहिलेसम्मकै चुलिएको छ ।

२ खर्ब ६४ अर्ब कुल मूल्यको फेसबुकका प्रयोगकर्ताको संख्यामा तिव्र वृद्धि भैरहेको छ । महिनामा कम्तिमा एक पटक आफ्नो फेसबुक चलाउने प्रयोगकर्ताको संख्या विश्वमा झण्डै डेढ अर्ब छ । यो भनेको चीन र नाइजेरियाको कुल जनसंख्याको जोड हो ।

यसको अर्थ इन्टरनेटको पहुँचमा रहेका विश्वका कुल ३ अर्ब मानिसमध्ये आधा मानिसले फेसबुक चलाउने गरेका छन् । फेसबुकले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट अनुसार यो आर्थिक वर्षको अप्रिल देखि जुन महिनासम्मको अवधिमा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड छ । यो संख्या गएको वर्षको यहीँ अवधिको तुलनामा १३ प्रतिशतले बढि हो ।

फेसबुकका कुल प्रयोगकर्ता मध्ये दुइ तिहाइ अर्थात् झण्डै ९७ करोडले दिनमा कम्तिमा एक पटक फेसबुक चलाउँछन् । फेसबुकका कुल प्रयोगकर्ता मध्ये मोबाइल फोनबाट दैनिक फेसबुक चलाउनेको संख्या ८४ करोड ४० लाख छ भने मासिक प्रयोगकर्ताको संख्या १ अर्ब ३१ करोड छ । मोबाइल फोनबाट दैनिक फेसबुक चलाउनेको संख्यामा गतवर्षको तुलनामा २९ प्रतिशतले वृद्धि भएको फेसबुकले जनाएको छ ।

मंगलबार फेसबुकले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट अनुसार अपि्रल देखि जुन महिनासम्मको त्रैमासिक अवधिमा कम्पनीको आम्दानी ४० प्रतिशतले वृद्धि भएको छ ।

फेसबुक कम्पनीमा विश्वभरमा गरेर झण्डै ११ हजार जना कर्मचारी छन् । यतिधेरै धनी कम्पनीका लागि यो कर्मचारी संख्या वास्तवमा निकै कम हो ।

तर पछिल्लो समयमा फेसबुकले स्मार्टफोन प्रयोगकर्ताका लागि लक्षित गर्दै विभिन्न प्रडक्टहरु उत्पादन गर्नका लागि बढि भन्दा बढि कर्मचारीहरु भर्ति गर्न थालेको छ । यसबाट कम्पनीको व्ययमा वृद्धि हुँदा लगानीकर्ताहरु त्रसित बन्दै गएको र कम्पनीको शेयर मूल्यमा गिरावट आएको बताइएको छ ।

वास्तवमा फेसबुक आफ्ना प्रतिस्पर्धी कम्पनीहरुभन्दा निकै अगाडि छ । धेरै प्रतिस्पर्धी कम्पनीहरुलाई त उसले मोटो रकम खर्चेरै भएपनि आफुमा विलय गराउने गरेको छ ।

सन् २०१२ मा फेसबुकले फोटो शेयरिङ एप इन्स्टाग्रामलाई १ अर्ब डलरमा खरीद गरेको थियो । गएको वर्षमात्र फेसबुकले २१ अर्ब ८० करोड खर्चेर व्हाट्सएप समेत खरीद गर्यो ।

प्रकाशित मिति: १५ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्