इलाम क्षेत्र नं १ र २ बाट खनाल र नेम्बाङको उम्मेदवारी


 


इलाम, असोज १९
नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट उम्मदेवार हुने भएका छन् ।

नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने बताएका हुन् ।

त्यस्तै इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गरेका छन् । इलाममा दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाका लागि निर्वाचन क्षेत्र कायम भएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्