आज किन बस्दैछ अचानक कांग्रेस बैठक, के–के गर्देछ निर्णय?


 


काठमाडौँ, असोज २०
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बिहान ८ बजेदेखि बस्ने भनिएको बैठक सुरु हुन लागेको छ ।

प्रधानमन्त्री निवासमा बस्न लागेको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले हिजै आग्रह गरेका थिए ।

सत्तारुढदल माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकिकरण गर्ने निर्णयले कांग्रेस तिब्र दबाबमा छ भने सरकार ढल्ने सम्भावन पनि बनि बढेको छ ।

बैठकमा माओवादी मन्त्री हटाउने बिषय प्रमुख रहेको बुझिएको छ । साथै बाम गठबन्धनपछिको परिस्थिति कसरी सामना गर्ने र आगामी चुनावमा कसरी अघि बढ्ने भन्ने बिषय प्रमुख रहेको कांग्रेस स्रोतल जानकारी दिएको छ ।

बैठकमा सरकार पुर्नगठनको बिषय पनि प्रमुख रहेको बुझिएको छ । कांग्रेसको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्