आज यसरी प्रवेश गर्देछन् एमालेमा नवराज सिलवाल


 


काठमाडौं, असोज २०
अनेक आरोप–प्रत्यारोप, चर्चा, र विवादपछि अन्ततः नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् ।

आज एक औपचारिक कार्यक्रमकाबिच सिलवाल एमालेमा प्रवेश गर्न लागेका हुन् । आज ११ बजे काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट सिलवाल एमाले प्रवेश गर्देछन् ।

कार्यक्रम बानेश्वस्थित क्वालिटी बैक्वेटमा आयोजना गरिएको छ । बिहिबार दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट दशैंको टिका समेत सिलवालले लगाएका थिए ।

आज पनि ओलीकै हातबाट अबिर पहिरिएर सिलवाल एमालेमा प्रवेशसँगै सक्रिय राजनीतिमा लाग्ने भएका हुन् । डिआइजी वरियतामा एक नम्बरमा रहेका सिलवाललाई प्रचण्ड र देउवा सरकारले आइजीपी हुनबाट रोकेको थियो ।

साथै सिलवाल यो प्रकरणसँगै सर्वाेच्च अदालत गएका थिए । अदालतमा मुद्धा हारेपछि सिलवालले डिआजइजीबाट राजिनामा दिएका थिए । यद्यपी उनको राजिनामा भने स्विकृत भएको छैन् ।

सिलवाल एमालेमा प्रवेशसँगै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने चर्चा अहिले एमाले वृतमा चल्न थालेको छ । सिलवाल सांसदमा निर्वाचित भए भावी गृहमन्त्री बन्ने समेत चर्चा परिचर्चा हुन थालेको छ ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्