भुजेली मन्दिर निर्माण हुँदै, सहयोगका लागि अपिल


 


भोजपुर, असोज २०
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं४ दलगाउँस्थित भुजेलटोलमा भुजेलहरुको भाषा, संस्कृति तथा परम्परा जगेर्नाका लागि भुजेली मन्दिर निर्माण हुने भएको छ ।

भुजेलहरुले बैशाखे पूर्णिमामा मनाउँदै आएको भुजेली पर्वका लागि भुजेलटोलमा भुजेली मन्दिर निर्माण गरी भुजेली पुजा सोही मन्दिरमा गर्ने निर्णय समेत यहाँका भुजेलहरुले गरेका छन् ।

मन्दिर निर्माणका लागि रामप्रसादराई गाउँपालिका तथा वडा कार्यालय दलगाउँमा बजेटको माग गर्ने निर्णय भएको छ । त्यस्तै ग्रामीण विकास अभियान ललितपुरले समेत सहयोग गर्ने संस्थाका उपाध्यक्ष किरण थापा मगरले बताए ।

मन्दिर निर्माणका लागि अन्य ब्यक्तिहरुले पनि सहयोगका लागि चासो देखाएको भुजेल डाँडा नमुनाटोल निर्माण समितिका अध्यक्ष नगेन्द्र भुजेल (हरी) ले बताए ।

यो मन्दिर निर्माण गर्न सहयोग गर्ने दाताहरुको नामवली मन्दिर परिसरभित्र ताम्रपत्रमा राखिने समितिले जनाएको छ ।

मन्दिर परिसरमा प्रतिक्षालय, भुजेल भाषाको कक्षा संचालनका लागि ३ कोठे भवन तथा भुजेलको पहिचान झल्किने प्रतिबिम्वहरु समेत निर्माण गरिने भएको छ ।

यो मन्दिर जिल्लाकै नमुना भुजेली मन्दिर निर्माण गरी भुजेलहरुलाई आफ्नो भाषा, संस्कृतिको बारेमा जागरुक बनाउने भुजेल डाँडा नमुनाटोल निर्माण समितिका सल्लाहकार निमकुमार भुजेलले बताए ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्