यस्ता छन् भोजपुरबाट सिफारिस भएका कांग्रेस, एमाले र माओवादीका उम्मेदवार


 


काठमाडौं, असोज २१
आसन्न मंसिर १० गते हुने पहिलो चरण अन्तरगतको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेका छन् ।

यसरी सिफारिस भएका उम्मेदवारहरु मध्येबाट पार्टीहरुले निर्वाचनका लागि टिकट दिनेछन् । जसका लागि अन्तिम कसरत भइरहेको छ भने टिकट पाउनका लागि सिफारिस भएका उम्मेदवाहरु दौडथुपका लागिरहेको देखिन्छ ।

नौ वटा स्थानीय तह रहेको भोजपुरमा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र छन् ।

कांग्रेसबाट को–को ?

कांग्रेस भोजपुरले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रिय सदस्य एंव अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम पहिलो नम्बरमा कांग्रेसले सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि कार्कीको नामसँगै कांग्रेस केन्द्रिय सदस्य एंव सांसद कुमारी लक्ष्मी राई, पूर्व जिल्ला पार्टी सभापति बालकृष्ण थापा, धर्मराज राई र नेविसंघका पूर्व महामन्त्री उमेशजंग रायमाझीको नाम सिफारिस गरेको हो ।

त्यस्तै समानुपातिकतर्फ रेणु राई, माया राई, तोरण कार्की, सितारा राई, कृष्णबहादुर खड्का, बालकृष्ण राई र केदार कार्कीको नाम सिफारिस गरेको कांग्रेस भोजपुर कांग्रेसका कोषाध्यक्ष सफल किराँतले बताए ।

प्रदेश सभा अन्तरगत क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा जिल्ला पार्टी सभापति नन्दमणी राई, विनोद वान्तवा, चरुण दल केन्द्रिय उपाध्यक्ष उत्तम चाँपागाइ, हेमन्त मुकारुङ र शिव खत्रीको नाम सिफारिस भएको छ ।

त्यस्तै समानुपातिकतर्फ रोहित विश्वकर्मा, पुष्पबहादुर तामाङ, टंक पाण्डे, बालकृष्ण राई, सालिकराम खत्री, चक्र कार्की, तारा भण्डारी, रुद्र किराँत र निर्मला गौतमको नाम सिफारिस भएको हो ।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ गोविन्दबहादुर कार्की, सफल किराँत, विश्वनाथ पराजुली, गजेन्द्रबहादुर कार्की, दिनेश घिमिरे र भरत कार्की सिफारिसमा परेका छन् ।

समानुपातिकतर्फ, नारायणबहादुर कार्की, उद्धिम राई, शिशिरा राई, अमृत राई, निर्मला खड्का, गणेश राई, दिनेश कार्की, सुरेन्द्र सुन्दास, निरबहादुर विक, शुभचन्द्र राई, खड्ग कार्की, कृति कुमारी कार्की, र राजन खतिवडा सिफारिस भएका हुन् ।

जिल्ला कार्य समितिको बैठकमा उम्मेदवारका आकांक्षी बनेका सबैको नाम केन्द्रमा सिफारिस गरेको हो ।

एमालेले सिफारिस गरेका उम्मेदवार

नेकपा (एमाले) भोजपुरले उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट एमालेले तिन जनाको नाम सिफारिस गरेको छ ।

एमाले केन्द्रिय सदस्य एंव सांसद जयन्ती राई, केन्द्रिय सदस्य राजेन्द्र कुमार राई र भोजपुुर क्षेत्र नं १ का सांसद कृपासुर शेर्पा सिफारिस भएका हुन् ।

त्यस्तै समानुपातिकतर्फ धनहर्क राई, अमर सापकोटा, तिर्थ कुमार राई, केदारमान राई, रामशोभा राई सबिना राई, र दानबहादुर राईको नाम सिफारिस गरेको एमाले भोजपुरका अध्यक्ष प्रेमकुमार राईले देशको न्युजलाई जानकारी दिए ।

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ मा प्रत्यक्षतर्फ केन्द्रिय सदस्य हरिबहादुर राई, जिल्ला पार्टी उपाध्यक्ष देविराम चौलागाई, प्रदेश सभा सदस्य बिष्णु कुमार राई, जिल्ला पार्टी सचिव शरण कुमार राई र अखिल केन्द्रिय सचिव मक्करबहादुर खड्का सिफारिस भएका हुन् ।

समानुपातिकतर्फ इश्वरबहादुर कार्की, ज्ञानेन्द्र कार्की, कल्पना राई, यशोदा गौतम, हरि भित्रिकोटी, शेरबहादुर श्रेष्ठ, पासङ दोर्ची शेर्पा, खड्ग पौडेल, जिवन राई र हरि न्यौपाने रहेका छन् ।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ एमाले पोलिटब्युरो सदस्य, पूर्व मन्त्री एंव सांसद शेरधन राई सर्वसम्मत सिफारिस भएका छन् ।

त्यस्तै समानुपातिकतर्फ भरत तामाङ, टिका बिष्ट, घमानसिंह राई, विरजंग राई, रविन शिवा, लालबहादुर विक, दुर्गा रणपहेली, सिर्जना राई, सरिता तामाङ र बिमला थापा सिफारिस भएका हुन् ।

माओवादीले सिफारिस गरेका उम्मेदवार

माओवादी केन्द्र भोजपुरले प्रतिनिधिसभा निर्वाचनका लागि रमेश ओझाको नाम सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधि सभाको लागि समानुपातिकतर्फ गणेश प्रधान (शिव), हिमालधन राई र दुर्गा राईलाई सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ को प्रत्यक्षतर्फ राजेश खतिवडा, दिलकुमार राई र जगबिर रार्इको नाम माओवादी केन्द्रले सिफारिस गरेको छ । समानुपातिकतर्फ धर्म किराँती, अमृता राई (आशा) र बबिन्द्र रसाइलीको नाम सिफारिस भएको छ ।

त्यस्तै प्रदेशसभाको लागि क्षेत्र नं २ मा प्रत्यक्षतर्फ सुदन किराँती र नगेन्द्र भुजेलको नाम सिफारिसमा परेको छ । समानुपातिकतर्फ टिकाराम प्रधान (भिष्म), सुनिता किराँती र दोर्ची शेर्पाको नाम सिफारिस गरेको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्