दुर्घटनामा परी किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन


 


विसकेक, असोज२१

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।

एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ र उहाँको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो । उहाँहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको हुनुुहुन्थ्यो । उहाँ गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्