काठमाडौंमा गोली प्रहार गरी निमार्ण व्यवसायी महासंघका अध्यक्षको हत्या


 


काठमाडौं, असोज २३
काठमाडौंको बानेश्वरमा गोली प्रहारबाट घाइेत बनेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

गोली लागेपछि सिभिल हस्पिटलमा उपचारका लागि लगिएका गौचनको अस्पतालमै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

दिउँसो बानेश्वरको खरिबोटमा गाडी भित्रै रहेका बेला अज्ञात समूहले गौचनमाथि गोली प्रहार गरेको थियो । मोटरसाइकलमा आएका दुई जनाले गौचनलाई गोली हानेको बताइएको छ ।

उनको पेटमा दुइ गोली लागेको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । अहिले बानेश्वर एरियामा सुरक्षा कडा पारिएको छ ।

 

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्