भोजपुरबाट फोरमका उम्मेदवार सिफारिस, को–को छन् ?


 


भोजपुर, असोज २४
सङ्घीय समाजवादी फोरम नेपाल भोजपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

फोरम भोजपुरको बिस्तारित बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ फोरमका केन्द्रिय सदस्य गोपाल कुमार राईको नाम सर्वसम्मत सिफारिस गरेको छ । राई ट्याम्के मैयुङ गाउँपालिका वडा नं ५ खावाका हुन् ।

त्यस्तै समानुपातिकतर्फ केन्द्रिय उपाध्यक्ष हेमराज राई, सचिव अजम्बर राई काङमाङ, केन्द्रिय सल्लाहकारद्धय सदस्य चक्र प्रसाद राई, नारायण राई र जिल्ला कोषाध्यक्ष मातृका राईलाई सिफारिस गरेको समाजवादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य नरराज काङमाङले देशकोन्युजलाई जानकारी दिए ।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ जिल्ला सचिव प्रशन्न कुमार राई उठ्ने भएका छन् । समानुपातिकतर्फ महेन्द्रलाल राई, बलबहादुर बस्नेत, दिपचन्द्र राई, मिना राई, सबिना राई, वीरकुमार राई र प्रतिमा राई सिफारिस भएका छन् ।

त्यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष आशकुमार राई सर्वसम्मत सिफारिस भएका छन् । राई संविधान सभाको दोस्रो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।

समानुपातिकतर्फ अन्जानी कुमार राई, योगेन्द्रबहादुर कट्वाल, टिकादेवी राई, प्रेमबहादुर राइ, राजिप श्रेष्ठ र मचिन्द्र कुमार राईको नाम सिफारिस भएको भोजपुर फोरमले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्