पिता बन्न लागेका फेसबुकका मालिक मार्क जुकरवर्गको यस्तो खुसी


 


timthumb (2)सामाजिक संजाल साइट फेसबुकका सिइओ मार्क जुकरवर्ग पिता बन्ने भएका छन्। पत्नी प्रिसिलाको साथमा आफ्नो फेसबुकमा तस्विर राखेर उनले आफु छोरीको बाबु बन्न लागेको खबर दिएका छन्।

उनको पोस्टसँगै उनलाई बधाई दिनेको पनि ओइरो लागेको छ। उनले लेखेका छन्ः मसँग एक खुशीको खबर छ। हाम्रो घरमा छोरीको आगमन हुनेवाला छ र यो हाम्रो जीवनको नयाँ अध्याय हुनेछ।

त्यस्तै उनले आफ्नो पोस्टमा विगत केही वर्षदेखि नै बच्चा जन्माउने कोशिसमा रहेको र यो क्रममा पत्नी प्रिसिलाको तीन पटक गर्भ खेर गएको कुरा पनि उल्लेख गरेका छन्।

उनले थप लेखेका छन्ः  

जब तँपाइलाई आफ्नो सन्तान हुने कुरा थाहा हुन्छ तब तँपाई आशाहरुले भरिपूण हुनुहुन्छ। आफ्नो सन्तान के बन्छ भन्ने कुराको कल्पना र उसको भविष्यको सपना देख्न र योजनाहरु बनाउन थाल्नुहुनेछ।

यस्तैमा रमाउँदै गर्दा त्यो सन्तान तँपाइबाट टाढा भइदिन्छ। यो एकदमै व्यक्तिगत अनुभव हो। प्राय मानिसहरु गर्भ खेर गएको कुराको चर्चा गर्दैनन्। उनीहरुलाई आफ्नो समस्याले आफैँलाई दुःख दिन्छ।

तर आजको खुला र एकआपसमा नजिक रहेको दुनियाँमा यस्ता विषयमा कुरा गर्दा हामी वीच कुनै दुरी पैदा हुँदैन। बरु एकआपसमा अझै नजिक बनाउँछ। सहनशिलता र बुझ्ने क्षमताका साथै आशाहरु दिन्छ।

जब हामीले साथीहरुसँग कुरा गर्न सुरु गर्यौँ तब हामीलाई थाहा भयो की यो कुरा सहज छ। हामीले चिनेजानेका धेरै मानिसहरुले गर्भपतनको पीडा भोग्नुपरेको छ। उनीहरु सबैका सन्तान हाल स्वस्थ्य छन्।

मलाई लाग्छ की मैले यसरी अनुभव बाँड्दा अरु थुप्रैलाई आशा मिल्नेछ। मानिसहरुलाई आफ्ना कुराहरु एकआपसमा भन्नका लागि मद्धत मिल्नेछ।

हाम्रो लागि खुशीको कुरा यो हो की गर्भवस्थामा पतन हुने जोखिम समय र अवस्था हामीले पार गरिसकेका छौँ। यसकारण हामी धेरै आशावादी छौँ। प्रिसिला र बच्चा स्वस्थ्य छन्। म मेरो छोरीलाई भेट्नका लागि उत्सुक छु। अल्ट्रासाउण्डमा उनले मलाई ‘थम्स अप लाइक’ पनि दिइन। यसबाट मलाई उनले हेर्नेछिन् भनेर विश्वस्त भएको छु।

हाम्रो कुकुर वीस्टलाई यो बारेमा केही थाहा छेन। यो संसारमा उनलाई स्वागत गर्न तयार छौँ। जब उनी जन्मिनेछिन् र सबैसँग भेट्नका लागि तयार हुनेछिन् तब हामी अरु जानकारी दिनेछौँ।

यसरी गत शुक्रबार राती आफ्नो फेसबुक पोस्ट मार्फत् जुकरवर्गले भावुक र खुशी दुवै हुँदै आफ्नो खुशी सबैमाझ बाँडेका छन्।

 Priscilla and I have some exciting news: we’re expecting a baby girl!This will be a new chapter in our lives. We’ve…

Posted by Mark Zuckerberg

प्रकाशित मिति: १७ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्