आईसीसी विश्व क्रिकेट लिग, नेपाल Vs हङकङ (लाइभ)


 


काठमाडौं, असाेज २७

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत नेपाल र हङकङबीचको खेल सुरु भएको छ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा घरेलु टोलीले पहिले ब्याटिङ गरिरहेको छ।  २५ ओभरको खेल सकिँदा ह‌ङकङले ३ विकेट गुमाउँदै ९२ रन जोडेको छ ।

यो प्रतियोगितामा शीर्ष ४ भित्र पर्दै विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ।

अस्वस्थताका कारण नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर खेलमा सहभागी छैनन्। नेपाली टोलीमा कप्तान पारस खड्का तथा ज्ञानेन्द्र मल्ल, सागर पुन, दीपेन्द्र ऐरी, विनोद भण्डारी, आरिफ शेख, सोमपाल कामी, वसन्त रेग्मी, सन्दीप लामिछाने, सुशन भारी र करण केसी छन्।

हेर्नुहोस् लाइभ :

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्