प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले कुन शिर्षकमा कति खर्च गर्न पाउँछन् ?


 


काठमाडौं, असोज २८

निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ ।

शुक्रबार बसको आयोगको बैठकले प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्ष उमेदवारलाई २५ लाख तथा प्रदेशसभाको प्रत्यक्ष उमेदवारलाई १५ लाखसम्म खर्च गर्न सक्ने गरी खर्च सिमा तोकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको अधिकतम खर्च सीमा तोक्ने निर्णय गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले जम्मा २५  लाख रुपैंया खर्च गर्न सक्नेछ ।

खर्च देहायका शीर्षकहरुमा गर्न सकिनेछ

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उमेदवारको संख्या अनुसार प्रति उम्मेदवार दूई लाख रुपैंयासम्म खर्च गर्न सक्नेछ आयोगले सिमा तोकेको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उमेदवारको संख्याअनुसार प्रति उम्मेदवार एक लाख पचास हजार रुपैंयासम्म खर्च गर्न सक्नेछ ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्