रेखा थापा राप्रपा (प्रजातान्त्रिक) को सहमहामन्त्री, लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्ने


 


काठमाडौं, असोज २८

नायिका रेखा थापा पशुपती शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छन्।

कमल थापा नेतृत्वको राप्रपाबाट पार्टी फुटाएका पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फको चुनावमा उनी कांग्रेस नेतृतेवको लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको छ।

थापालाई राप्रपा प्रजातन्त्रीकको  प्रवास विभागको समेत जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्