नेपाल र हङकङबिचको आजको खेल भोलिका लागि सर्‍यो


 


काठमाडौं, असोज २९
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको आज हुने दोश्रो खेल सोमबारका लागि सरेको छ ।

हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको हो ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्