निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश


 


काठमाडौं, असोज २९
निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् ।

यसबीचमा यादव एमाले अध्यक्ष ओलीबाट प्रभावित बनेको थिए । जसका कारण सभामुखको पद सकिए लगत्तै ओलीको हातबाट टिका लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख चयन भएका थिए । यसबीचमा राप्रपाको गतिविधिबाट यादव असन्तुष्ट थिए ।

उनी ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए । पञ्चायत पृष्ठभूमिका यादव ०२७ मा युवक संगठनको अध्यक्ष, ०३३ मा सप्तरीको साविक जोगिनिया गाविसको अध्यक्ष हुँदै ०३५ मा राजविराजको प्रधानपञ्च बनेका थिए ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्