नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच आज एकिकरण हुने


 


काठमाडौं, असोज २९
नेपाली कांग्रेस र विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण हुने भएको छ ।

आज साढे पाँचबजे प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरी दुबै पार्टीबीच एकीकरणको घोषणा गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

परियारले ट्वीट गर्दै पत्रकारहरुलाई घोषणा कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा दिएका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्