गैरसरकारी संस्थाको सहयोगमा पुर्वी लमजुङमा ६९ घर निर्माण


 


लमजुङ, २९ असोज ।
पुर्वि लमजुङका भुकम्प पिडितहरुले २९ महिना पछि नयाँ घर पाएका छन । भुकम्पको केन्द्रविन्दु गोर्खाको वारपाक नजिकै रहेको जिल्लाको दुधपोखरी गाउँपालिकाको,दुधपोखरी, इलामपोखरी,कोल्की र विचौरमा कष्टकर जिवन बिताइरहेका पीडितले २९ महिनापछि नयाँ घर पाएका हुन् । लुथरन वल्र्ड रिलिफ र ईएलसीए अमेरीकाको सहयोगमा कोपाडेसले विचौर,दुधपोखरी र कोल्कीमा २०० घर बनाउने जिम्मा लिएको थियो । सरकारले समेत सुस्तता देखाइरहेको बेला गैरसरकारी संस्था कोपाडेसले पिडितको घाउमा मलम लगाउन सहयोग गरेको विचौरका भुकम्पपिडित जमुना मरहट्ठा ले बताउनुभयो । जनचेतना अभिवृद्धि र विकास अध्ययन समिती कोपाडेसका कार्यक्रम संयोजक विजय गुरुङका अनुसार विचौरका २१ घरपरिवार टहराबाट नयाँ घरमा सरेका छन् । उहाँका अनुसार कोल्कीमा १३ घर र दुधपोखरीमा ३५ घरको पुननिर्माण गरी ६९ घर सम्पन्न भई भुकम्प प्रतिरोधात्मक घर हस्तान्तरण गरीएको छ । त्यस्तै २०० घरपरिवारले पहिलो किस्ता पाएका छन् भने ७५ घरपरिवारले दुई लाख रकम पाएका छन् ।


जिल्ला समन्वय समितीका प्रमुख लोकराज पाण्डे लगायतको टोलीले अनुगमन गर्दै सरकारले अहिले सम्म नयाँ घर बनाउन त के भुकम्प पीडितहरुसँग अनुदान सम्झौता सम्म गर्न नसक्दा गैरसरकारी संस्थाहरुले चाँंडैनै काम सकाउनु राम्रो पक्ष रहेको बताउनुभएको थियो । नयाँ घर बनाएका भुकम्प पीडितलाई कोपाडेसले प्रति घर २ लाख रकम दिएको छ भने सरकारले १ लाख रकम दिने छ ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्