भोजपुर नगरपालिकाले चुम्यो प्रथम मेयर कपको उपाधि


 


भोजपुर, असोज २९
भोजपुर सदरमुकाममा भएको प्रथम मेयर कप पुरुष फुटवल प्रतियोगिताकोे उपाधि भोजपुर नगरपालिका –७ ले हात पारेको छ । भोजपुर नगरपालिका– ७ ले षडानन्द नगरपालिकालाई ४–३ गोल अन्र्तरले हराउदै उपाधि कब्जा गरेको हो ।

आइतवार अत्यन्तै कडा प्रतिस्पर्धाकाबीच फाइनल खेल भएको थियो । जितसंगै भोजपुर नगरपालिका– ७ ले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ, भने उपविजेता षडानन्द नगरपालिकाले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको जिल्ला फुटवल संघका अध्यक्ष प्रविन कुमार सुवालले जानकारी दिए ।

त्यस्तै सर्वाेत्कृष्ट खेलाडी भोजपुर नगरपालिका –७ का विजय भुजेल घोषित भए । उनले नगद ५ हजार नगद सहित मेडल र प्रमाण पत्र पाए ।

त्यस्तै उत्कृष्ट डिफेन्स, विकास राई, उत्कृष्ट मिड फिल्डर दावा शेर्पा, उत्कृष्ट गोल किपर, प्रविन श्रेष्ठ र उत्कृष्ट फरवार्ड हेम कुमार राई भएका छन् ।

उनिहरु सवै षडानन्द नगरपालिकाका खेलाडी हुन् । उत्कृट सवैले नगद १५ सयका साथमा मेडल र प्रमाण पत्र पाएका छन् । खेलको म्यान अफ द म्याच भोजपुर नगरपालिकाकाा सुजित श्रेष्ठ घोषित भएका छन् । श्रेष्ठले एक थान मोवाइल प्राप्त गरेका छन् ।

२२ गतेवाट शुरु भएको खेलमा १६ टिमको सहभागिता थियो । प्रतियोगिता भोजपुर जिल्ला फुटवल संघको आयोजना र भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भएको हो ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्