नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकीकरण हुने


 


काठमाडौँ,असोज २९ ।
नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । “काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ”– छलफलमा सहभागी काँग्रेसका नेता महेश आचार्यले जानकारी दिनुभएको छ । रासस

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्