नेपाली काग्रेस र फोरमबीच पार्टी एकिकरण


 


काठमाडौं, असोज ३०
नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरी पार्टि एकताको घोषणा गर्नुभएको हो ।

उक्त कार्यक्रममा गच्छदारले आफँले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको र ज–जसले बिरोध गरे पनि आफुलाई कुनै प्रवाह नभएको बताउनुभएको थियो ।

त्यस्तै भावुक मुद्रामा रहनुभएका गच्छदारले नेपालमा कम्युनिष्ट गठबन्धन बनेपछि राजनीतिक ध्रुवीकरण बढेको भन्दै जनवादी संविधान ल्याउने योजना असफल बनाउन कांग्रेसमा आएको बताउनुभएको थियो ।

कार्यक्रममा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाउने प्रयास जति गरे पनि कांग्रेस असफल नहुने बताउनुभएको थियो ।

त्यसैगरी नेता रामचन्द्र पौडेलले संविधान विरोधीलाई बेवास्ता गर्दै गच्छदारले संविधान जारी गर्न खेलेको भूमिकाको प्रसंशा गर्नुभएको थियो ।

हेर्नुहोस सहमती पत्र

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्