जब कान्छीको भट्टीको तीनपानेले लरक्कै बनायो… (भिडियो सहित)


 


कान्छीको भट्टीको तीनपानेले लरक्कै बनायो
दिनमा भोक रातमा निन्द्रा सबै नै हरायो

यी उल्लेखित हरफ भर्खरै युट्युबमार्फत रिलिज भएको गीतको स्थायी संरचना हुन् । अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक राजेश पायल राईको स्वर रहेको यो गीत अमेरिकामा बसोबास गर्नुहुने सङ्गीतकर्मी कुमार दुमी राईको रचना तथा सङ्गीतमा बनेको हो ।

यो गीतको म्युजिक भिडियोमा अहिलेका चल्तीका कलाकारद्वय पुष्पल खड्का र एलिसा राईको जोडीले मुख्य भूमिका खेलेका छन् भने अन्य कलाकारहरूको पनि अभिनय रहेकोे छ ।

यसको भिडियो निर्देशन चर्चित गीतकार एवम् भिडियो निर्देशक सञ्जय बरालले गर्नुभएको छ भने KPA2 Entertainment च्यानलले युट्युबमा सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्